पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा पर्यटक बसमा ढुङ्गा हानेर फरार रहेका ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को तिलक बहादुर थापा मगर (बस चालक), बारा जिल्ला कोल्वी नगरपालिका १ घर भई हाल पोखरा २६ बिजयपुर बस्ने वर्ष ३० को मान प्रसाद खरेल (सह(चालक) र गोर्खा जिल्ला पालुङ्टार नगरपालिका २ घर भई हाल पोखरा १४ बस्ने वर्ष २८ को राजेश मरट्टा (ग्यारेजमा काम गर्ने) छन् ।
आइतबार राती साढे ११ बजेको समयमा चाउथेबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९१६ नं. को पर्यटक बसको सिसामा उनीहरुले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भम्रणका लागि आएका विद्यार्थीहरु सवार थिए ।
ढुङ्गा प्रहारबाट ५ जना विद्यार्थी सामान्य घाईतेसमेत भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि अन्नपूर्ण अस्पताल पोखरामा पठाएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’