पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा पर्यटक बसमा ढुङ्गा हानेर फरार रहेका ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को तिलक बहादुर थापा मगर (बस चालक), बारा जिल्ला कोल्वी नगरपालिका १ घर भई हाल पोखरा २६ बिजयपुर बस्ने वर्ष ३० को मान प्रसाद खरेल (सह(चालक) र गोर्खा जिल्ला पालुङ्टार नगरपालिका २ घर भई हाल पोखरा १४ बस्ने वर्ष २८ को राजेश मरट्टा (ग्यारेजमा काम गर्ने) छन् ।
आइतबार राती साढे ११ बजेको समयमा चाउथेबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९१६ नं. को पर्यटक बसको सिसामा उनीहरुले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भम्रणका लागि आएका विद्यार्थीहरु सवार थिए ।
ढुङ्गा प्रहारबाट ५ जना विद्यार्थी सामान्य घाईतेसमेत भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि अन्नपूर्ण अस्पताल पोखरामा पठाएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो