आइपीएल विजेता आरसिबीको विजय उत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु

आइपीएल विजेता आरसिबीको विजय उत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु

Banglore_rcb

बैंग्लोर । भारतको बैंग्लोरस्थित एम. चिन्नास्वामी क्रिकेट रंगशाला बाहिर भएको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। आइपीएल विजेता आरसीबीले विजय उत्सव मनाउने क्रममा भएको भागदौडमा ३३ जना घाइते भएका छन्।

कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धारमैयाले आयोजित पत्रकार सम्मेलन गरेर घटनाका विषयमा छानबिन हुने बताए।

‘चिन्नास्वामी रंगशालाको मुख्य गेट अझै खुल्न बाँकी थियो, तर मानिसहरूको ठूलो भीडले सानो गेटलाई धक्का दिँदै भित्र पस्न खोज्दा भागदौड मच्चियो,’ प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसले जनाएको छ।

विजय उत्सव मनाउन करिब दुई लाखभन्दा बढी समर्थक पुगेको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले मृतकप्रति श्रदाञ्जली अर्पण गरेका छन्। प्रहरीले अहिले स्थिति सामान्य रहेको बताएको छ। भीड व्यवस्थापनमा चुक भएको भन्दै घटनाको आलोचना भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ