पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ ।
पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो । यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्न ज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो सेमीफाइनल खेल प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल तथा दोस्रो खेल मदरल्याण्ड मावि र सृजना माविबीच प्रतिष्पर्धा हुनेछन् ।
शुक्रबारको अन्तिम सेमीफाइनल खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्यो । सृजना माविले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको अमरसिंह माविले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतीमा १३६ रनको योगफल तयार गरेको थियो । अमरसिंह माविका लागि सत्कार चालीसेले ४७ रनको योगदान दिए । अमरसिंहलाई सस्तैमा समेट्न सृजना माविका समीर यादव एक्लैले ३ विकेट लिए ।
१३७ रनको मध्यम लक्ष्य पछ्याएको सृजना माविले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै सेमीफाइनल यात्रा तय गर्यो । सृजना माविका लागि अभिनय विकले ४२ रनको योगदान दिए । अमरसिंह माविका सुकी यादवले २ विकेट लिएपनि जित दिलाउन सकेनन् । सो खेलमा सृजना माविका अभिनय विक प्लेयर अफ दी म्याच घोषित भए ।
यसअघि समूह ‘डी’ कै खेलमा सृजना माविले नै न्यूलाइट सेकेण्डरी स्कुललाई ७४ रनले पराजित गर्दै सेमीफाइनल पुग्ने बाटो खोलेको थियो । टस जितेर पहिलो व्याटिङ गरेको सृजना माविले १३ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ६ विकेटको क्षेतीमा ११२ रन बनाएको थियो । सृजनाका लागि ईश्वर चन्द्र सुवेदीले २५ रनको योगदान दिए । सृजनालाई दवाबमा राख्ने क्रममा न्यूलाईटका सन्दीप सुवेदीले २ विकेट लिएका थिए ।
११३ रनको मध्यम लक्ष्य पछ्याएको न्यूलाईट ९.४ ओभरमा अलआउटहुँदै केवल ३८ रनमा सिमित भएपछि पराजित भयो । न्यूलाईटका कसैलेपनि उत्कृष्ट प्रदर्शन नगर्दा झिनो रनमा समेटिएको हो । न्यूलाईटलाई सस्तैमा समेट्न सृजनाका सचिन शर्मा र विशाल ढकालले ३/३ विकेट लिए । सो खेलमा सृजनाका विशाल ढकाल प्लेयर अफ दी म्याच घोषित भए ।
अर्को खेलमा वाराही माविले त्रिवेणी पव्लिक स्कुललाई ११८ रनले पराजित गर्यो । टस जितेर पहिलो व्याटिङ गरेको वाराही माविले १९ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै ४ विकेटको क्षेतीमा १६२ रनको योगफल तयार गर्यो । वाराहीका मनोज घर्ती मगरले ३२ तथा अभिषेक अधिकारीले १८ रनको योगदान दिए ।
१६३ रनको लक्ष्य पछ्याएको त्रिवेणी पव्लिक ९.४ ओभरमा केवल ४४ रनमा समेटिएपछि वाराही मावि बिजयी भयो । त्रिवेणीलाई सस्तैमा समेट्ने क्रममा वाराहीका अभिषेक अधिकारी एक्लैले ४ विकेट तथा विवेक विकले ३ विकेट लिएका थिए । सो खेलमा विवेक विक प्लेयर अफ दी म्याच घोषित भए ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ