श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घघाटन

श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घघाटन

प्रदेश सरकारको औचित्य झनै बढ्दोः मन्त्री थापा

pic

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:31facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: Beauty ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 58.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताए ।

प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष्य सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दावी गर्दै, यसको औचित्य झनै बढेको बताए। प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क गरे।

पोखराको बाटुलेचौर स्थित बडहरवोटम निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन उदघाटन गर्दै उहाँले जेष्ठ नागरिकको सम्मानले मात्रै समाज सम्मानित हुने स्पष्ट पारे। मन्त्री थापाले पोखरा १६ का बासिन्दाले भोग्नु परेका ढल निकास र सडकको समस्यालाई समाधान गर्न आगामी बजेटमा यथोचित सम्बोधन गरिने बताए । ढल नालाको समस्यालाई बहुवर्षीय योजनामा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै, मन्त्री थापाले त्यसका लागि स्थानीय सरकारको समवन्य आवश्यक रहेको तर्क गरे।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विकासमा राजनिति नहुने बताउँदै, सबैको सहयोगमा वडालाई समृद्ध वडा बनाउने प्रतिवद्धता जनाए। केन्द्रका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक महासंघका सचिव कुशुम केशव पराजुली, ईन्जिनियर हरि बस्नेत, समाजसेवी चित्र थापा, कोषाध्यक्ष पोषण थापा लगायतले भवन निर्माणका विषयमा बोलेका थिए । ९ वर्ष अघि शिलन्यास गरिएको सो भवन हालसम्म २ तला निर्माण भई संचालनमा आउन लागेको र हालसम्म २ करोड १९ लाख खर्च भएको कोषाध्यक्ष थापाले जानकारी दिए।

केन्द्रका उपाध्यक्ष जगन्नाथ तिमल्सिनाले स्वागत गरेका कार्यक्रमको सन्चालन सचिव दिनेशकुमार श्रेष्ठले गरे । पूर्व मन्त्री कुमार खड्काको परिकल्पना रहेको सो भवनको कुल लागत चार करोड रहेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ