पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताए ।
प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष्य सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दावी गर्दै, यसको औचित्य झनै बढेको बताए। प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क गरे।
पोखराको बाटुलेचौर स्थित बडहरवोटम निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन उदघाटन गर्दै उहाँले जेष्ठ नागरिकको सम्मानले मात्रै समाज सम्मानित हुने स्पष्ट पारे। मन्त्री थापाले पोखरा १६ का बासिन्दाले भोग्नु परेका ढल निकास र सडकको समस्यालाई समाधान गर्न आगामी बजेटमा यथोचित सम्बोधन गरिने बताए । ढल नालाको समस्यालाई बहुवर्षीय योजनामा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै, मन्त्री थापाले त्यसका लागि स्थानीय सरकारको समवन्य आवश्यक रहेको तर्क गरे।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विकासमा राजनिति नहुने बताउँदै, सबैको सहयोगमा वडालाई समृद्ध वडा बनाउने प्रतिवद्धता जनाए। केन्द्रका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक महासंघका सचिव कुशुम केशव पराजुली, ईन्जिनियर हरि बस्नेत, समाजसेवी चित्र थापा, कोषाध्यक्ष पोषण थापा लगायतले भवन निर्माणका विषयमा बोलेका थिए । ९ वर्ष अघि शिलन्यास गरिएको सो भवन हालसम्म २ तला निर्माण भई संचालनमा आउन लागेको र हालसम्म २ करोड १९ लाख खर्च भएको कोषाध्यक्ष थापाले जानकारी दिए।
केन्द्रका उपाध्यक्ष जगन्नाथ तिमल्सिनाले स्वागत गरेका कार्यक्रमको सन्चालन सचिव दिनेशकुमार श्रेष्ठले गरे । पूर्व मन्त्री कुमार खड्काको परिकल्पना रहेको सो भवनको कुल लागत चार करोड रहेको बताइएको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन