पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा हत्या गरिएका युवकको सनाखत भएको छ ।
यस्तै, घटनामा संलग्नलाई पनि कास्की प्रहरीले केही घण्टामै पक्राउ गर्न सफल भएको जनाएको छ ।
मृत्यु हुनेमा तनहुँका २० वर्षीय मनोज भुजेल रहेको वडा प्रहरी कार्यालय, रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कँडेलले जानकारी दिए । इन्स्पेक्टर कँडेलले सोमबार ठेगाना भीमाद बताएकोमा भुजेल शुक्लागण्डकी नगरपालिका–१२, लिलाचोकका रहेको खुलेको छ ।
मृतक भुजेल पोखरा १४ मा बस्दै आएको र त्यहाँ नजिकै खहरेमा प्लटिङमा काम गर्दै आएका मजदुर रहेको उनले बताए ।
सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेलको शव नजिकै ह्यामर थियो । बिहान ५ बजे बीच सडकमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको पोखरा १५ का वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।

ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ
घटनामा संदीग्ध नाबालकसहित दुई जना प्रकाउ गरेको प्रहरीले पुष्टि गरेको छ ।
यद्यपि, कास्की प्रहरीले घटनामा संलग्न २ जना पक्राउ परेको पुष्टि गरेपनि थप विवरण भने दिएको छैन । ‘दुई जना पक्राउ परेका छन् । हत्या किन गरे भन्ने कारणबारे सोधपुछ जारी छ । अहिले यति मात्रै दिन मिल्ने कुरा भयो । केही समयपछि पत्रकारलाई जानकारी दिनेछौँ ।’ – कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले गण्डकन्यूजसँग भने ।
प्रहरी श्रोतका अनुसार पक्राउ पर्नेमा स्याङ्जा जिल्ला पकवादी गाउँपालिका–९ स्थायी घर भई हाल पोखरा–१४, छिनेडाँडामा बसोबास गर्दै आएका २० वर्षीय पवन राना सहित दुई जना छन् । १४ वर्षीय बालक (नाम गोप्य) सहचालक हुन् । प्रहरीले सुरूमा वालिङ १० घर भएको बताएको थियो ।
उनीहरूसहित ग १ त ३३२० नम्बरको ट्याक्टर पनि प्रहरी नियन्त्रणमा रहेको बुझिन्छ ।
बिहान ११ बजेतिर छिनेडाँडाबाट उनीहरू पक्राउ परेका हुन् । मृतक र अभियुक्त सबै मजदुर हुन् । उनीहरू राति सँगै फर्कदैँ थिए ।

यद्यपी, अभियुक्तद्वयले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या नगरेको जिकिर गरेका छन् । भुजेल र सँगै रहेको घन ट्याक्टरबाट सडकमा खसेको उनीहरूको भनाई रहेको छ । तत्काल ट्याक्टरको टायरले किचेको उनीहरूले बताएका छन् । सडकमा भुजेलको शवसँगै घन भेटिएको थियो । पोष्टमार्टमको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।
सम्बन्धित समाचारः
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’