इजरायलले इरानमाथि शुक्रबार विहान आक्रमण गरेको छ। इजरायलका रक्षा मन्त्री इसरायल कात्जले यसको पुष्टि गरेका छन्। प्रतिकारस्वरूप आक्रमण हुन सक्ने आशंकाका कारण इजरायलमा आपतकाल घोषणा गरिएको छ।
आपतकाल घोषणा गर्दै मन्त्री कात्जले भनेका छन्, ‘इरानमाथि इजरायलले गरेको आक्रमणपछि हाम्रो जनसंख्यामाथि मिसाइल वा ड्रोन आक्रमणको आशंका छ। यस्तो अवस्थामा अत्यावश्यक क्षेत्रबाहेक शैक्षिक गतिविधि, समारोह र कार्यस्थलहरूमा प्रतिबन्ध लगाइएको छ। इजरायली सैनिक अधिकारीका अनुसार धेरै स्थानहरूमा आक्रमण गरिएको छ। ती आक्रमणहरू ‘इरानको परमाणु कार्यक्रम र अन्य सैन्य ठेगानामाथि केन्द्रित छन्।’
अमेरिकी अधिकारीहरूलाई इरानमाथिको आक्रमणको जानकारी पहिले नै रहेको समाचारमा जनाइएको छ। यही कारणले अमेरिका सरकारले केही क्षेत्रहरूबाट आफ्ना नागरिकहरूलाई फिर्ता बोलाएको थियो। अमेरिकालाई आशंका थियो कि इरानले इराकस्थित अमेरिकी सैन्य ठेगानामाथि जवाफी कारबाही गर्न सक्छ। इरानी सरकारी समाचार एजेन्सी नूर न्यूजका अनुसार तेहरानको उत्तरपूर्वी क्षेत्रमा विस्फोटको आवाज सुन्निएको छ।
आक्रमणमा इरान रिभोलुशनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु
इरानको सरकारी मिडियाले जनाएको छ कि इजरायली आक्रमणमा आईआरजीसी (इरान रिभोलुशनरी गार्ड) का प्रमुख हुसैन सलामीको मृत्यु भएको छ। हुसैन सलामी ती केही उच्चपदस्थ अधिकारीहरूमध्ये एक हुन्, जो इजरायली हमलामा मारिएका छन्। इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूको नाम पनि सार्वजनिक गरेको छ। ती वैज्ञानिकहरूमा परमाणु ऊर्जा संगठनका पूर्व प्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची रहेका छन्।
सन् २०१० मा तेहरानको एक सडकमा फिरेदून अब्बासीमाथि हत्या प्रयास भएको थियो, तर उनी त्यसबाट बाँच्न सफल भएका थिए।
इजरायलले भनेको छ कि उसले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित स्थानहरू र अन्य सैन्य ठेगानाहरूमा लक्षित आक्रमण गरेको हो। एजेन्सी
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ