बागलुङ । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ ।
भूकम्पले क्षति पुर्याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । उक्त भवनको सम्झौता मितिभित्र सम्पन्न भएर हस्तान्तरणको चरणमा पुगेको हो ।
भवन गण्डकी प्रदेशको नमूना र ठूलो लागतमध्ये पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । भूकम्पले भत्काएको नौ वर्षपछि भवन निर्माण भएर हस्तान्तरणको प्रक्रियामा गएको छ ।
विभिन्न पूर्वाधार निर्माण समयमा सम्पन्न नभएका थुप्रै उदाहरणका बीच ३० महिनाभित्रै उच्च अदालत पोखराको सुविधा सम्पन्न साढे छ तलाको भवन सम्पन्न भएको छ । आधुनिक र पूर्ण आपाङ्गमैत्री भवनमा अण्डरग्राउण्ड पार्कीङसंगै अन्य तीन वटा न्यायाधिश आवास गृह निर्माण गरिएको हो ।
उच्च अदालत पोखराअन्तर्गत बागलुङ अदालतको भवन २०७२ सालको भूकम्पले क्षति भएपछि विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो ।
हस्तान्तरणपछि उच्च अलदातलको नयाँ भवनबाट ३० महिनापछि सेवा थालिने छ । अदालतको अहिले जिल्ला अदालत बागलुङको भवनबाट सेवा प्रदान हुँदै आइएको छ । श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले दिनरात गरी दुई चरणमा काम गरेसँगै सम्झौता मितिभित्रै निर्माण सम्पन्न भएको जनाएको छ ।
सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवनमा दुई वटा विद्युतीय भर्यायाङसमेत राखिएको छ। उक्त भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरि अञ्चलका चार जिल्लामा रहेका इजलासमध्ये सबैभन्दा ठूलो र आधुनिक रहेको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो