हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा

हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा

news photo

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम संचालन गर्दै आएको छ ।

गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पनि क्लबको आयोजनामा हाइकिङ भाग ५९ पोखरा महानगरपालिका वडा नं. २३, मकानपुर गाउँमा पुगेर सम्पन्न भयो । घाँटीछिना देखि पैदल २ घण्टामा पुग्न सकिने सो हाइकिङमा ४५ जना सहभागि भएका थिए । फर्किदा वराङमा रहेको मनोक्रान्ती आश्रमको अवलोकन पनि गरेको थियो ।

स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हुने हाइकिङमा ८÷९ वर्षका हिड्न सक्नेदेखि ७६ वर्षसम्मका सहभागि हुन रुचाउँछन् । सहभागिले आफ्नो खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ भने साना वालवालिकाहरुलाई अवस्था हेरी निशुल्क गरिदै आएको सो दिनको हाइकिङ संयोजक तथा क्लबकी कोषाध्यक्ष टिका आचार्य सुवेदीले वताईन् ।

विद्यार्थी, व्यापारी, गृहणी सबै जना महिनामा एक दिन आफुलाई निकाल्नु पर्छ भन्ने भावनाले पनि हाइकिङ कार्यक्रम ६ वर्ष देखि निरन्तर संचालित छ भने दिनप्रतिदिन सहभागिहरु वढ्दै गइरहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए । अध्यक्ष रानाभाट दरबारथोक मिडिया प्रालिका संचालक अध्यक्ष समेत हुन ।

हाइकिङमा अहिलेसम्म हजारौं सहभागि भइ सकेका छन् भने स्याङ्जा, तनहुँ र कास्कीका गाउँपालिका, नगरपालिका, महानगरपालिका का विभिन्न वडाहरुमा गई त्यहाँको पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा टेवा पुर्‍याउँदै आएको छ । यस कार्यक्रमले पोखरा भ्रमण वर्ष २०२५ लाई सहयोग गर्नुका साथै पर्यटनको राजधानी पोखरालाई आफ्नै तरिकाबाट प्रचारप्रसार गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds