पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम संचालन गर्दै आएको छ ।
गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पनि क्लबको आयोजनामा हाइकिङ भाग ५९ पोखरा महानगरपालिका वडा नं. २३, मकानपुर गाउँमा पुगेर सम्पन्न भयो । घाँटीछिना देखि पैदल २ घण्टामा पुग्न सकिने सो हाइकिङमा ४५ जना सहभागि भएका थिए । फर्किदा वराङमा रहेको मनोक्रान्ती आश्रमको अवलोकन पनि गरेको थियो ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हुने हाइकिङमा ८÷९ वर्षका हिड्न सक्नेदेखि ७६ वर्षसम्मका सहभागि हुन रुचाउँछन् । सहभागिले आफ्नो खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ भने साना वालवालिकाहरुलाई अवस्था हेरी निशुल्क गरिदै आएको सो दिनको हाइकिङ संयोजक तथा क्लबकी कोषाध्यक्ष टिका आचार्य सुवेदीले वताईन् ।
विद्यार्थी, व्यापारी, गृहणी सबै जना महिनामा एक दिन आफुलाई निकाल्नु पर्छ भन्ने भावनाले पनि हाइकिङ कार्यक्रम ६ वर्ष देखि निरन्तर संचालित छ भने दिनप्रतिदिन सहभागिहरु वढ्दै गइरहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए । अध्यक्ष रानाभाट दरबारथोक मिडिया प्रालिका संचालक अध्यक्ष समेत हुन ।
हाइकिङमा अहिलेसम्म हजारौं सहभागि भइ सकेका छन् भने स्याङ्जा, तनहुँ र कास्कीका गाउँपालिका, नगरपालिका, महानगरपालिका का विभिन्न वडाहरुमा गई त्यहाँको पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा टेवा पुर्याउँदै आएको छ । यस कार्यक्रमले पोखरा भ्रमण वर्ष २०२५ लाई सहयोग गर्नुका साथै पर्यटनको राजधानी पोखरालाई आफ्नै तरिकाबाट प्रचारप्रसार गरेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु