पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो । तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल रन रेट १.९९२४ रहँदा कास्कीको १.४८३३ र पर्वतको ०.८३०२ रहेको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले जानकारी दिएका छन् ।
यस अघि पोखरा रंगशाला क्रिकेट खेल मैदानमा जारी प्रतियोगिताको समुह ‘बी’बाट घरेलु मैदानमा कास्कीलाई नवलपुरले ५ विकेटले पराजित गरी स्याङजा संग उपाधि भिडन्त पक्का गरेको हो । खेलमा कास्कीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनायो ।
कास्कीका लागि मुस्कान थापाले ३६ रन, रोहित चन्दले ३५ रन र कप्तान सुवास भण्डारीले अविजित ३७ रनको योगदान दिए । नवलपुरका काशिस सुवेदी र हिमाल न्यौपानेले २–२ विकेट लिए भने सुदीप अर्यालले १ विकेट लिए ।
१४९ रनको लक्ष्य पछ्याउँदै नवलपुरले १५ ओभरमै ५ विकेट गुमाएर १५४ रन बनाउँदै सहज जित हात पार्यो । अपराजित पौडेलले २० बलमा ३ चौका र ३ छक्कासहित अविजित ३३ रन बनाएर जित सुनिश्चित गराएका थिए ।
रिजन काफ्लेले ३७, सुदीप अर्यालले २१, र कमल परियारले ६ बलमा १७ रनको उत्कृष्ट योगदान दिए । कास्कीका कृष्ण पौडेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिए तर अन्य बलरहरू महँगो सावित भए । ’प्लेयर अफ द म्याच’ नवलपुरका अपराजित पौडेल घोषित भए ।
पर्वतको सान्त्वना जित
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको लिग चरणअन्तर्गत आज भएको अर्को एक खेलमा पर्वतले गोरखामाथि ४९ रनको सानदार जित हासिल गरेको छ । टस जितेर गोरखाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । टोलीको तर्फबाट अभिराज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा नटआउट ४७ रन (५ छक्का) प्रहार गरे । यस्तै, राजु थापाले ४४ बलमा ३७ रन जोडे ।
गोरखाको बलिङतर्फ स्वरुपराज श्रेष्ठले सर्वाधिक ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे । उनले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए । जीवन कार्कीले २ विकेट हात पारे । जवाफमा लक्ष्य पछ्याउने क्रममा गोरखा १७ ओभरमै ९९ रनमै समेटियो । ओपनर रुपेश बस्यालले १६ रन बनाए भने उनीबाहेक कुनै पनि ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् । त्यस्तै युनिश थापाले २२ रन बनाए ।
पर्वतका बलर सन्दीप बि.कले घातक बलिङ गर्दै ३ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिएर गोरखाको ब्याटिङ लाइन धराशायी पारे । कप्तान अमृत गुरुङले पनि ४ ओभरमा २ विकेट लिए । उत्कृष्ट प्रदर्शनका लागि पर्वतका सन्दीप बिक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो