पोखरा महानगरपालिकामा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको ध्यानाकर्षण

पोखरा महानगरपालिकामा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको ध्यानाकर्षण

pho

पोखरा । पोखरा महानगरपालिकाले इन्जिनियरिङ कन्सल्टेन्सी नवीकरण शुल्कमा गरेको एकपक्षीय वृद्धि विरुद्ध नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश कार्यसमिति तथा अन्य इन्जिनियर साथीहरू आज संयुक्तरूपमा पोखरा महानगरपालिकामा पुगेका छन्।

उनीहरूले गत वर्षबाट लागू गरिएको शुल्क वृद्धिको खारेजी गर्दै तत्काल फिर्ता गर्न माग गरेका छन्। सोही सन्दर्भमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जु गुरुङसहित सम्बन्धित पदाधिकारीहरूसँग भेट गरी औपचारिक रूपमा ध्यानाकर्षण गराइएको हो।

इन्जिनियरहरूको तर्फबाट शुल्क वृद्धिले पेशागत अभ्यासमा आर्थिक बोझ बढाउने र यस्तो निर्णय सरोकारवाला निकायहरूसँग पूर्व समन्वयबिना गरिनु गम्भीर विषय भएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरिएको छ।

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले यस्ता निर्णयहरू पारदर्शी, समावेशी र व्यावहारिक तरिकाबाट अगाडि बढाउन सरोकारवाला निकायहरूसँग समयमै संवाद तथा सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds