पोखरा । एसओएस हर्मन माइनर स्कुल–पोखरा १० रामबजारमा अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । दिवसको अवसरमा स्कुलमा योगका वारेमा चर्चा र योग प्रशिक्षण दिइएको थियो ।
अन्तराष्ट्रिय योग दिवसको अघिल्लो दिन स्कुलको सभाहलमा भएको योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावको सहभागिता रहेको थियो ।
ब्रह्कुमारी इश्वरीय विश्वविद्यालय पोखरा–१७ विरौटाका सचिव राजयोगी ब्रह्कुमार शिशिर योगीले प्रमुख बक्ताको रुपमा योग र ध्यानका वारे चर्चा गरेका थिए ।
योगीले व्यत्तीको मस्तिस्कलाई नियन्त्रण गर्ने शिक्षा नै योग रहेको बताए । विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुलाई ध्यानलाई एकिकृत गर्नका लागि योग महत्वपूर्ण शिक्षा हुने उनको भनाई थियो ।
यस्तै एसओएस हर्मन माइनर स्कुल–पोखराका नेपाली शिक्षक एवं योग प्रशिक्षकले योगआसनका वारे जानकारी र अभ्यास गराएका थिए ।

यस वर्षको योग दिवसको नार्रा एक पृथ्वी एक, स्वास्थ्यको लागि योग’ भन्ने नारा तय गरिएको छ ।
स्कुलका प्रध्यानाध्यापक चुडामणी सुवेदीले मेडीटेसन विनाको जीवन अर्थपूर्ण नहुने चर्चा गरे । विद्यार्थीहरुलाई योग र ध्यानमा लगाएर ध्यानपूर्वक अध्यन गर्न र जीवनमा अनुशासित भएर बाच्न सक्ने बनाउनका लागि योग शिक्षा दिइएको सुवेदीले जानकारी दिए । सामाजिक संजालको प्रयोगले विद्यार्थीमा वेचैनी बढ्दै गएकाले त्यसलाई कम गदै आध्यात्मा तर्फ जोड्ने प्रयास गरिएको उनले बताए ।
योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावसहित ४ सय जनाको सहभागिता रहेको थियो ।
एसओएस हर्मन माइनर स्कुल पोखरा १० रामबजारका व्यवस्थापन समिति अध्यक्ष प्रदिपभक्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ