पोखरामा सुन तथा हिराका अवैध गरगहना सहित दुई जना पक्राउ परेका छन्।
करिब १ करोड ३० लाख रुपैयाँ बराबरको गरगहनासहित उनीहरु पक्राउ परेका हुन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
प्रहरीका अनुसार शुक्रबार गोप्य सूचनाको आधारमा पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँच गर्दा भारतको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र तिलोत्तमा–१६, रुपन्देहीका ४७ वर्षीय राम बहादुर बि.क. पक्राउ परेका हुन्।
उनीहरूबाट ९५७.९८ ग्राम सुन तथा हिराका विभिन्न गरगहना बरामद गरिएको छ। कास्की सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघले गरेकाे मुल्यांकन अनुसार निजहरुबाट सुनको ढिक्का, सिक्री, दाना माला, हिरा जडित औंठी, झुम्का, मंगलसुत्र, लकेट, पोतेलगायत गरगहनाको बजार मूल्य करिब १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको जनाएको छ।
कार्यालय प्रमुख एसपी श्याम बाबु ओलियाका अनुसार कुलदिप र राम बहादुर तीन वर्षदेखि फेसबुकमार्फत सम्पर्कमा रही सुन कारोबारमा संलग्न थिए। कुलदिपले भारतको अमृतसरस्थित अमरजित साहुको पसलबाट गरगहना ल्याउने र नेपालमा बिक्री गर्ने योजना अनुरूप असार ४ गते पोखरा आएको खुलेको छ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो