सिङ्गापुरलाई हराउँदै नेपालको विजयी सुरुवात

सिङ्गापुरलाई हराउँदै नेपालको विजयी सुरुवात

cricket-U-16

काठमाडौं । एसीसी मेन्स यू– १६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा र्गयो ।

नेपालका प्रसिद्ध जैशीले ५५, रौनक श्रीवास्तवले ४० रन बनाए । सिङ्गापुरका आकाश तेजाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर १ बलमा १ सय ३८ रनमा अलआउट भयो । सिङ्गापुरका रिआन नैकले सबैभन्दा धेरै ५३ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४, सचिन भट्टले ३ विकेट लिए ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

नेपालले दोस्रो खेलमा पर्सी मङ्गलबार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ ।

समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ