नेपाल ओलम्पिक संग्रहालयका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन

नेपाल ओलम्पिक संग्रहालयका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन

chhitij

पोखरा । नेपाल ओलम्पिक संग्रहालयका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि उपचार गराइरहेका काठमाण्डौ ढल्कोका ५५ वर्षीय श्रेष्ठको पाटन अस्पतालमा उपचारको क्रममा अस्ति आइतबार राति निधन भएको हो । उनको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका श्रीमती र एक छोरी छन् ।

लामो समय खेलकुद पत्रकारिता र फोटो पत्रकारिता गरेका श्रेष्ठले विभिन्न सञ्चार माध्यममा काम गरेको अनुभव छ । उनले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गर्दै खेलकुदसम्बन्धी पुस्तकहरु प्रकाशन गरेका थिए ।

नेपाल स्टिक स्पोट्र्स संघका सचिव समेत रहेका श्रेष्ठ विजनेश डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशक थिए । उनले नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी गरेका थिए ।

खेलकुद पत्रकार मञ्चले आफ्नो संस्थापकको निधन प्रति शोक व्यक्त गरेको छ। २०५२ सालमा स्थापना भएको मञ्चका ११ संस्थापक मध्ये श्रेष्ठ एक हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ