बागलुङमा बस र जिप ठोकिँदा पाँच जना घाइते

बागलुङमा बस र जिप ठोकिँदा पाँच जना घाइते

accident

बागलुङ । बागलुङमा बस र पिकअप जिप एकआपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् ।

गलकोटबाट बोबाङतर्फ जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप र बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस बडिगाड गाँउपालिका ७ भिमगिठेमा एक आपसमा ठोकिएका हुन् । बसमा नौ जना र जिपमा सात जना सवार थिए ।

दुर्घटनामा गलकोट नगरपालिका ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएका छन् । उनीहरुको अनुहार र हातमा चोट लागेकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पिकअप चालक कृष्णबहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ