राष्ट्रिय महिला ह्याण्डबल

राष्ट्रिय महिला ह्याण्डबल

लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल भोलि

handball (4)

पोखरा । पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । प्रतियोगितामा एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे ।

शुक्रबार समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६–२ र बागमती प्रदेशलाई १०–३ गोलअन्तरले हरायो । यस्तै एपिएफले मधेश प्रदेशलाई २२–ले हराएको छ । समूह ‘बि’ तर्फ भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोलअन्तरले हराएको छ । त्रिभुवन आर्मीले कर्णालीलाई २२–४ ले हराएको छ । समूह ए बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक बटुल्दा दोस्रो भएको गण्डकीले ३ खेलमा २ जित १ हारसहित ६ अंक हासिल गर्‍यो । बागमती ३ खेलमा १ जित २ हारका साथ तेस्रो स्थानमा रहँदा मधेश जित विहिन रह्यो । समूह बि बाट आर्मी ३ खेलमा ३ जितसहित ६ अंकका साथ शिर्षस्थानमा रह्यो । कोशी ३ खेलमा २ जित १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कर्णाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ तेस्रो र लुम्बिनी ३ हारसहित अंकविहिन रहदै पुछारमा रह्यो ।

भोलि सेमीफाइनलमा कोशी प्रदेशले एपिएफको र गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ । सेमीफाइनल सकिएपश्चात फाइनल खेल हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ