अश्लील फोटो र भिडियो बनाएर बेच्ने एक जना पक्राउ

अश्लील फोटो र भिडियो बनाएर बेच्ने एक जना पक्राउ

pakrau

काठमाडौं । महिलाको अश्लील भिडियो बनाएर बनाएर बिक्री वितरण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन् ।

प्रहरीका अनुसार थापाले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको आरोप छ । सोही आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले थापालाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

उनलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा दिन ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds