पोखरा । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण गरेको छ ।
सोमबार सिंहदरबार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा १० जना पत्रकार र ६ जना खेलाडीलाई सम्मान तथा पुरस्कार अर्पण गरेको हो ।
पुरस्कार प्राप्त गर्ने पत्रकारहरूमा दिननाथ बराल (पोखरा), मुकुन्द घिमिरे (इलाम), सरदचन्द्र भट्टराई (बारा), विक्रमकुमार बानिया (मकवानपुर), स्वस्तिक श्रेष्ठ (बुटवल), दिनेश कुमार बुढा (दैलेख), दिनेश बहादुर विष्ट (बैतडी), नमिता दाहाल (तनहुँ), रुपा गहतराज (बाँके) र श्रीलोचन राजोपाध्याय (काठमाडौँ) छन् ।
यसैबिच गण्डकी प्रदेशका खेल पत्रकार केशव पाठक, विजय नेपाली, दिपक परियार, विजय नेपाल, ऋखिराम जिसी, सुमन गुरुङ, रोहितराज पराजुली लगायतका उक्त पुरस्कारबाट पुरस्कृत भएका छन् ।
साथै, खेल क्षेत्रका १० विधामा खेलाडी, प्रशिक्षक, स्वास्थ्यकर्मी सहितलाई समेत नगद सहित सम्मान गरिएको छ ।
सम्मानित हुने खेलाडीमा भरत सिंह महता (पारा तेक्वान्दो), प्रेम बहादुर लिम्वु (तेक्वान्दों), विर बहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई (कवड्डी), मानमती विष्ट (कवड्डी) र दिपा शाही (फुटबल) रहेका छन् । पुरस्कारको राशी रु १ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै प्रतिक्षक तर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धन कुमार मैनाली (बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोललाई पुरस्कृत भए ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सम्मान पत्रको साथमा खादा तथा अबिर लगाएर उक्त सम्मान तथा पुरस्कार अर्पण गरेका हुन् । अनुभव प्राप्त सम्मानमा ५० हजार अन्य प्रोत्साहन पुरस्कारमा भने जनही २५ हजार नगद समेत रहेको शाखा अधिकृत प्रमिला खरेलले बताइन् । खेल क्षेत्रको प्रमोसन गर्नको लागि मन्त्रालयले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेको मन्त्री चौधरीले बताए ।
आर्थिक वर्ष २०८१/८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर निष्पक्ष ढंगले सम्मान तथा पुरस्कार छनौटको लागि सिफारिस गरिएको छनौट समितिका कुशराज दाहालले बताए । ३८ वटा निवेदनका आधारमा छनौट भएको शान्ति बहादुर बस्नेतले उल्लेख गरे । आफूहरूले कुनै प्रभाव र दबाब रहित सम्मान तथा पुरस्कारका लागि छनौट गरिएको उनीहरूको दाबी थियो ।
मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
उक्त अवसरमा राष्ट्रिय खेलकुद नीति २०८२ को पनि सार्वजनिकरण गरिएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला