काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
टस हारेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले दिएको ११४ रनको लक्ष्यलाई नेपालले ८ विकेट गुमाएर ३० औँ ओभरमा पार गर्यो। अन्तिम बलमा नेपाली ब्याटर सुभमन खनालले छक्का प्रहार गरेसँगै नेपाल विजयी बनेको हो।
नेपालको जितका लागि जय थापाले ५३ बलमा २४ रन बनाए। सिवांश बजगाईले २० रन बनाए भने प्रसिद्ध जैशीले १७ रन बनाए। अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। सिंगापुरका कपिस भेनकटरमनले ४ विकेट लिए पनि जितका लागि पर्याप्त भएन। युवान पाण्डेले २ विकेट लिँदा वेदान्स गुप्ता र आकाश तेजाले समान एक। एक विकेट लिए।
त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०/५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए।
विपिन प्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे।
कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह