पोखरा । गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोरखा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोरखाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरिएको छ ।
उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसीले गोरखा जिल्ला समितिको गठन सँगै संघले पूर्णता पाएको बताउँदै अब सबै मिलेर फोटोग्राफरहरूको हकहित र व्यावसायिक सशक्तिकरणको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाए ।
त्यसैगरि फोटोग्राफर संघ गण्डकीका संस्थापक अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले व्यावसायिक एकता र संस्थाको आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तुलसीराम सुबेदीले संघको वैधानिक पक्ष, संरचना, र स्थानीय देखि केन्द्र सम्मको सहकार्यको महत्व बारे जानकारी दिए ।
कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्तबहादुर तामाङ, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्मा जैसी, तनहुँ फोटोग्राफर संघका अध्यक्ष आलोक कुमाल, नवलपुर फोटोग्राफर संघका अध्यक्ष कुशल अधिकारी, साथै स्याङ्जा र बागलुङ जिल्लाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । सहभागी जिल्ला अध्यक्षहरू र प्रदेश प्रतिनिधिहरुले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गरे ।
कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका महासचिवले प्रेम प्रसाद पराजुलीले फोटोग्राफर संघ गण्डकीलाई प्राप्त गोर्खा जिल्ला समिति को प्रस्तावीत नामावली प्रस्तुत गरेका थिए भने सो प्रस्तावीत नामावलीलाई सर्वसम्मत पारित गरिएको थियो ।
नवगठित गोरखा समितिमा अध्यक्षः रामप्रसाद भट्ट,उपाध्यक्षः सबिन केसी,सचिवः सुकबहादुर नेपाली,सह–सचिवः पारस बोगटी,कोषाध्यक्षः गणेश श्रेष्ठ,सदस्यहरूमा सम्भु श्रेष्ठ, सजिन थापा, प्रमिला आले, सञ्जीत श्रीमल रहेका छन् ।
कार्यक्रमको संचालन सचिव सुकबहादुर नेपालीले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सबिन केसीले राखेका थिए । नवगठित समितिलाई गण्डकी फोटोग्राफर संघका अध्यक्ष नारायणबहादुर केसीले खादा लगाई सम्मान गरेका थिए । त्यस अघि गोरखाको बारर्पाकमा फोटोग्राफर संघ गण्डकीको अन्र्तकृया सहितको कार्यक्रम सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?