पोखरा । प्रथम प्रगति एसईई कपको छात्र फुटबलको उपाधि मुखिया समूहले उचालेको छ।
एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई केन्द्रित गरी पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलले पहिलो पटक आयोजना गरेको खेल कार्यक्रममा १६ टिमले सहभागिता जनाएको छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको हो। प्रतियोगितामा भलाम बि दोस्रो भएको छ । ८ टिमले सहभागिता जनाएको छात्र बास्केटबलमा मर्दीखोला समुह प्रथम र अन्नपूर्ण कास्की समुह दोस्रो भयो । छात्रा बास्केटबलमा अमिची समुह प्रथम र मर्दीखोला समुह दोस्रो भएको संयोजक दिवस अधिकारीले जानकारी दिए ।

विजयी टिमलाई कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य यम कार्कीले नगद सहित मेडल र ट्रफी प्रदान गरे । विभिन्न चरणमा भएको खेलको संचालन अफिसियल सुवास गुरूङ, ज्ञान पुन, दिपेन्द्र घर्ती, इशान गुरुङ, निकेश गुरुङ, प्रलेक्स गुरूङ विद्यालयका खेल प्रशिक्षक दिनेश श्रेष्ठ, पुर्णमान गुरुङ, दिवस अधिकारी र सुरज देवकोटाले गरेका थिए।
पुरस्कार वितरणको औपचारिक कार्यक्रममा बोल्दै संघका अध्यक्ष चित्रबहादुर थापाले विद्यालय तहबाटै विद्यार्थीलाई खेलकुदका क्षेत्रमा लगाउन सके मात्र देशले योग्य खेलाडी पाउने बताए। विद्यालय व्यवस्थापन समितिका सदस्य यम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दिवस अधिकारी र संचालन सहायक कार्यालय प्रशासक विनोद भुजेलले गरेका थिए ।
विद्यालयले एसईई कपलाई प्रत्येक वर्ष निरन्तरता दिने जनाएको छ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो