पत्रकार फुटसलको उपाधि कास्की शाखालाई

पत्रकार फुटसलको उपाधि कास्की शाखालाई

kaski

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको फुटसल प्रतियोगितामा कास्की शाखाले उपाधि जितेको छ।

आज सम्पन्न फाइनल खेलमा आयोजक बागलुङ शाखाको टिमलाई ६–५ गोल अन्तरले पराजित गर्दै कास्की शाखाले उपाधि जितेको हो। कास्कीले उपाधि सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।

यस अघि समुह ‘क’ क्वार्टरफाइनलमा बाई पाएर समीफाइलन पुगेको कास्की शाखाले सेमिफाइनलमा म्याग्दी शाखालाई ७–२ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।

उता, ‘ख’ बाट बागलुङ शाखाको सेतो टिम समूह चरण पार गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा पत्रकार महासंघ बागलुङ शाखाका तीन टिमसहित म्याग्दी, पर्वत र कास्की शाखाको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ