काठमाडौंमा ४० किलो लागूऔषध गाँजा र १ लाख २५ हजारसहित धादिङका ५ जना पक्राउ

काठमाडौंमा ४० किलो लागूऔषध गाँजा र १ लाख २५ हजारसहित धादिङका ५ जना पक्राउ

pakrau

काठमाडौं । काठमाडौंबाट ४० किलोग्राम लागु औषध गाँजा (पोलेन) र १ लाख २५ हजार नगद सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ, गजुरी गाउँपालिका ४ घर भएका वर्ष १९ को निराजन चेपाङ, वर्ष १९ को प्रकाश चेपाङ, वर्ष २० को शंकर चेपाङ, सोही ठाउँ घर भइ काठमाडौंको काठमाडौं महानगरपालिका ३ महाराजगञ्ज बस्ने वर्ष ३६ को जिवन प्रजा र काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने वर्ष ३८ को सुमन चेपाङ रहेका छन् ।

बुधबार बिहान ८ बजे काठमाडौं महानगरपालिका ३२ पाल्पाकोट चोक कोटेश्वरमा लागु औषध गाँजा (पोलेन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कोटेश्वर स्थित रहेको एक घरको भुइँ तल्लामा डेरा गरी बस्ने धादिङ, गजुरी ४ का वर्ष ३८ को सुमन चेपाङको डेरा कोठाबाट लुकाई छिपाइ राखेको अवस्थामा लागु औषध फेला पारेको हो ।

प्रहरीले ४० किलोग्राम लागु औषध गाँजा (पोलेन), १ लाख २५ हजार नगद रुपैयाँ नगदसहित बा.५५प.४२६५ को १५० पल्सर मोटरसाइकल, बा.८५प.५२३४ को २२० पल्सर मोटरसाइकल र मोबाइल ३ थान बरामद गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ