पोखरा । पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।
पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको सातौ खेलमा घान्द्रुक क्रोम्छेले आधिखोला न्यु दिल्लीलाई ३–१ को सेटमा पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
घान्द्रुकले आधिखोलालाई २६–२४, १२–२५, २५–२३ र २५–२३ ले पराजित ग¥यो । लिगको शिर्ष स्थानमा उक्लिएको घान्द्रुकको ४ खेलमा ९ अङ्क छ । यस्तै आधिखोला ६ अङ्कसहित दोस्रो स्थानमा छ ।
यस्तै बिहीबार भएको लिगको आठौै खेलमा एपिएफले ठकुरी समाजलाई ३– १ को सेटमा नै पराजित गरेको छ । एपिएफले ठकुरी समाजलाई २५–२०, २०–२५, २५–२० र २८–२६ले पराजित गर्यो । एपिएफ ६ अङ्कसहित तेस्रो स्थानमा छ । आधिखोला र एपिएफको समान ६/६ अङ्क भएपनि सेटको आधारमा आधिखोला दोस्रो स्थानमा छ ।
यस्तै ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जा चौथो र ठकुरी समाज पाँचौ स्थानमा रहेको छ ।
लिगको शिर्ष स्थान र चौथो स्थानमा रहने टिमले पहिलो सेमिफाइनल र लिगको दोस्रो र तेस्रो स्थानमा रहने टिमले दोस्रो सेमिफाइनलमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
भेट्रान्सतर्फ क्वाटरफाइनलको एक खेल बाँकी
लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको तेस्रो क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको भेट्रान्सतर्फ शुक्लागण्डकी, पोखरा भेट्रान्स र अर्चलबोट भेट्रान्स सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
यस्तै अन्तिम क्वाटरफाइनल खेल होटल ल्याण्ड सिक्लेस भेट्रान्स र किङ्स युनाटेडको खेल शुक्रबार हुनेछ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले शुक्रबार लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।
फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो