पोखरा । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भूटानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
बङ्गलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा शुक्रबार भएको खेलमा नेपालले भूटानलाई को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
नेपालको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन । सेनु परियारले दुई गोल गरिन् । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।
भूटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् । खेलको नवौं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन । खेलको १८औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४५औं मिनेटमा सेनुले दोस्रो र तेस्रो गोल गरिन् ।
नेपालले खेलको पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । त्यसैगरी खेलको ५४औं मिनेटमा भूटानले एक गोल फर्कायो । भूटानका लागि केल्देनले गोल गरिन् ।
खेलको ६३औं मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४–० मा पुर्याइन् । खेलको ८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । खेलको ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा ल्याइन् ।
त्यसअघि प्रतियोगिताअन्तर्गत हिजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९–० को फराकिलो अन्तरले हराएको छ ।
नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’