काठमाडौं । सेवाग्राहीसँग घुस लिँदा लिँदै महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रार्इलार्इ एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो ।
रार्इलार्इ अख्तियारले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ । शुक्रबार राति मात्रै उनकै एरियामा पर्ने मुलपानीस्थित जुवाडेको एक अखडामा महानगरीय प्रहरी परिसरको टोलीले छापा हानेको थियो । त्यसक्रममा हामफालेर भाग्न खोज्दा दुर्इजनाले ज्यान गुमाए ।
कागेश्वरी-मनोहरा नगरपालिका मुलपानीस्थित तेण्डु शेर्पाको घरमा संगठित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा प्रहरीको टोली छापा मार्न गएको थियो ।
डीएसपी राईले बौद्ध क्षेत्रमा व्यापारीबाट रकम असुल्ने गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको बताइएको छ । उजुरी परे पनि उनीमाथि कारबाही भएको थिए । बौद्धका व्यापारीले उजुरी दिएपछि प्रहरी मुख्यालय र काठमाडौं परिसरले उनलार्इ सचेत पनि गराएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गरे ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते