काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।
नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् ।
उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ ।
नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते