बजार परिसूचक नेप्सेमा लगातार आठौं दिन सुधार देखिएको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेको छ । नेप्से परिसूचक ३.७६ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक बढेको छ।
कारोबार रकम भने बुधबारको तुलनामा बिहीबार सामान्य घटेको छ। बुधबार १९ अर्ब ५७ करोडको कारोबार भएको नेप्सेमा बिहीबार ३२८ स्टकको १ लाख ५४ हजार ६४२ पटकको कारोबारमा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँबराबरको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भि इनर्जी र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको राधी विद्युत कम्पनीको ७७ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको करिब ७२ करोड र ग्रीन भेन्चर्सको ६६ करोडबराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ। विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतले बढेको छ भने बैंकिङ्ग, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
सम्बन्धित खबर
अब आइतबार सट्टा शुक्रबार सेयर बजार खुल्ने
नेप्से ५३ अंकले बढ्दा परिसूचक २८ सय माथि, पौने आठ अर्बको कारोबार
तीन हजार विन्दु उन्मुख नेप्से, बिहीबार कारोबार रकम भने घट्यो
नेप्सेमा उच्च अङ्कको गिरावट, २६ सय विन्दुबाट तल ओर्लियो
दशैं बिदापछिको पहिरो कारोबार दिन ३१ अंकले बढ्यो नेप्से
आज ११४ अंकले बढ्यो नेप्से
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ