गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सिन्धुलीबाट शुक्रबार सम्पर्कविहीन भई सोमबार बेलुकी पोखरामा भेटिएका हायू परिवारले पोखराको पर्यटकीयस्थल घुमघाम गरेका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौंडामा भेटिएका उर्मिला हायूका परिवारले आज बिहान पोखरा फेवातालबाट डुंगा शयर गरी बाराही मन्दिर दर्शन गरेका छन् ।
परिवार निकै खुशी भएर पोखरा घुमघाम गरिरहेको देखिन्छ ।
कास्की जिल्ला प्रशासनले उनीहरुलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाएको छ । धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।
उनीहरूलाई गगनगौंडामा फेला पारिएपछि इलाका प्रहरी कार्यालय, शिशुवा लगेर सोधपुछ गरिएको थियो ।
प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।
उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिने प्रहरीको भनाइ छ । एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै ती दुई घरमा डेरा लिएका थिए ।
उनीहरूले स्वेच्छाले नै गाउँ छाडेको बताएका छन् । ‘धेरै बिरामी हुने गर्न थाल्यो, धामीले गाउँ छाड्न भने । गाउँ पनि मन परेन भनेका छन्’ ओलियाले भने ‘हामी यतै बस्छौं । उता जाँदैनौं भनेका छन् । त्यहाँभन्दा अन्तै बस्ने व्यवस्था मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।’
एसपी ओलियाले उनीहरू सिन्धुलीबाट २० हजार रुपैयाँमा गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको पनि बताए । शनिबार नै उनीहरु पोखरा आएर होटलमा बसेका थिए । पोखराको होटल जननीमा आएर तीन वटा कोठा लिएर बसेको र आइतबार नै बाहिरिएका थिए । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए । उनीहरू होटलमा ५ हजार रुपैयाँ तिरेर आइतबार अन्यत्र लागेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा