रास्वपाका नेता मोहनबहादुर थापा अमेरिकाबाट निष्कासित

निष्काशन

रास्वपाका नेता मोहनबहादुर थापा अमेरिकाबाट निष्कासित

mohan thapa

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ । अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा नेता थापालाई निष्कासन गरिएको हो ।

स्रोतका अनुसार थापाको ग्रीनकार्डसमेत रद्द गरेर अमेरिकाले फर्काएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतका अनुसार अमेरिकाबाट निष्कासनमा परेका थापा गत साउन २२ गते नेपाल आइपुगेका हुन् । अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट उनी २२ साउनमा काठमाडौं विमानस्थल ओर्लिएका थिए । लगत्तै विमानस्थल अध्यागमनले कागज गराएर थापालाई मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोले पनि उनलाई कागज गराएर छाडेको छ ।

१ मार्च १९६९ मा जन्मिएका ५६ वर्षीय थापालाई गैरकानुनी रुपमा गतिविधि गरेको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले केही समय अगाडि नै नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनी अध्यागमन तथा अमेरिकी अरु कानुन उल्ल‌ंघन कसुरमा अनुसन्धानमा तानिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ