मःम खाएको २० रुपैयाँमा विवाद हुँदा दिल्लीमा ३ नाबालकले नेपाली व्यवसायीमाथि छुरा हाने

अपराध

मःम खाएको २० रुपैयाँमा विवाद हुँदा दिल्लीमा ३ नाबालकले नेपाली व्यवसायीमाथि छुरा हाने

tul-bahadur-nepal

भारतको राजधानी नयाँ दिल्लीमा मःम खाएपछि २० रुपैयाँका लागि भएको विवादमा एक नेपाली व्यवसायी युवकमाथि तीन नाबालकले छुरा प्रहार गरेका छन्।

घाइते हुनेमा खोडा कलोनीमा बस्ने नेपालका २८ वर्षीय तुलबहादुर रहेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।

पूर्वी दिल्लीको गाजीपुरस्थित राजवीर कलोनीमा मःम खाएर पैसा नतिरेका तीन नाबालकसँग विवाद हुँदा उनीमाथि छातीमा प्रहार गरिएको हो।

घाइते तुलबहादुरलाई तत्काल लालबहादुर शास्त्री अस्पताल पुर्‍याइएयो थियो तर अवस्था गम्भीर देखिएपछि ट्रमा सेन्टर पठाइएको छ। अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।

घटनापछि गाजीपुर प्रहरीको टोलीले ती तीन नाबालकलाई नियन्त्रणमा लिएको छ र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

-एनडीटिभी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ