जापानका प्रधानमन्त्रीले दिए राजीनामा

जापानका प्रधानमन्त्रीले दिए राजीनामा

japan pm

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन्। यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदका दुवै सदनमा बहुमत गुमाएको थियो।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औँ प्रधानमन्त्री बनेका थिए।

मिडिया रिपोर्टअनुसार,इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा दिने निर्णय गरेका हुन्। शनिबार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उनलाई स्वेच्छिक रूपमा पद त्याग गर्न आग्रह गरेका थिए। गत हप्ता पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिएका थिए।

जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीहरूले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिइरहेका थिए । पार्टी नेताका रूपमा इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान थियो । तर, अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ