काठमाडौं । विषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस औपचारिकरुपमा नै मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो ।
प्रधानमन्त्री नै संविधान दिवस मुल समारोह समितिको अध्यक्ष रहने परिपाटी अनुसार यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकले संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनायो ।
यसअघि जस्तै मुल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुडिखेलमा बिशेष समारोह आयोजना गरिने गृह मन्त्रालयका सहसचिव एवम आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए । तिवारीका अनुसार समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक परिषद्का पदाधिकारी एवम विशिष्ट व्यक्तिलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको ट । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीसँग समन्वय गरेर नै संविधानका विभिन्न कार्यक्रम तय भएका सहसचिव तिवारीले बताए ।
संविधान दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहेको छ । त्यसलाई निरन्तरता दिँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सम्बोधन गर्नेछिन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने मुल आयोजक समितिमा नेपाल सरकारका मन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुस्न्धान निर्देशक, उपत्यकाका नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ भने गृह सचिव सदस्य सचिव रहन्छन् ।
काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने संविधान दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख एवम सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति हुने व्यवस्था छ । त्यस्तै स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको अध्यक्षतामा आयोजक समिति रहने व्यवस्था छ ।
राष्ट्रपतिले संविधान दिवस मनाउने
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् ।
राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखेका हुन् ।
सरकारले पनि संविधान दिवस मनाउँदै छ । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यकाअनुसार संविधान दिवस सामान्य रुपमा बनाउने तयारी सरकारको छ ।

सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पोखरामा नेकपाको एकता सन्देश सभा, प्रचण्डले भने- म र माधवजीले रातभर नसुतेर बनाएको सरकार हो, चुनाव नगराए ठीक हुन्न
रविको फोटो एकता घोषणामा नराखेको भन्दै रास्वपाका नेताको आपत्ति
प्रधानमन्त्रीसँग एमाले नेताहरुले भने- ओलीलाई स्थान हद लगाएर चुनाव हुन सक्दैन
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’