अफगानिस्तानमा तालिबानले बन्द गर्‍यो इन्टरनेट, दूरसञ्चार ब्ल्याकआउटको अवस्थामा

अफगानिस्तानमा तालिबानले बन्द गर्‍यो इन्टरनेट, दूरसञ्चार ब्ल्याकआउटको अवस्थामा

internet

अफगानिस्तानमा तालिबान सरकारले देशभर सञ्चार सेवा बन्द गरेको छ। इन्टरनेट निगरानी संगठन नेटब्लक्सको रिपोर्ट अनुसार अहिले अफगानिस्तानमा पूर्ण कनेक्टिविटी ब्ल्याकआउटको अवस्था रहेको छ।

‘अनैतिकता’ नियन्त्रण गर्ने भन्दै तालिबानले केही हप्ताअघिदेखि फाइबर-अप्टिक इन्टरनेट तारहरू काट्न सुरु गरेको थियो। समाचार एजेन्सी एएफपीले राजधानी काबुलमा यसको कार्यालयसँग सम्पर्क गुमाएको छ। फोन, मोबाइल, इन्टरनेट र स्याटेलाइट टिभी पनि अफगानिस्तान भर बन्द रहेका छन्।

सन् २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामी सरिया कानुनको व्याख्याअनुसार थुप्रै प्रतिबन्धहरू लगाएको छ। अर्को सूचना जारी नभएसम्म सञ्चार सेवा बन्द जारी रहने बताइएको छ।

काबुल विमानस्थलबाट हुने उडानहरूमा पनि अवरोध आएको बिबिसीले जनाएको छ। फ्लाइटराडर २४ का अनुसार मंगलबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वा अवतरण गर्ने तालिकामा रहेका कम्तीमा आठ उडान रद्द गरिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ