वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबबीच संयुक्त राज्य अमेरिकाले अगस्टमा लगभग पाँच भागको एक भाग कम विद्यार्थी भिसा जारी गरेको छ ।
अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार संयुक्त राज्य अमेरिकाले अगस्टमा तीन लाख १३ हजार १३८ विद्यार्थी भिसा जारी गरेको छ ।
अमेरिकी विश्वविद्यालयहरूले अगस्टमा सबैभन्दा बढी विद्यार्थीका भिसा स्वीकृत गर्ने गर्छन् तर सन् २०२४ को अगस्टको तुलनामा यो दर १९.१ प्रतिशतले घटेको छ ।
गत वर्ष संयुक्त राज्य अमेरिका जाने विदेशी विद्यार्थीहरूको शीर्ष स्रोत रहेको भारतमा सबैभन्दा नाटकीय गिरावट आएको छ र अघिल्लो वर्षको तुलनामा ४४.५ प्रतिशत कम विद्यार्थीले भिसा पाएका छन् ।
चिनियाँ विद्यार्थीहरूको लागि भिसा जारी गर्ने क्रम पनि घटेको छ तर लगभग समान दरमा होइन । संयुक्त राज्य अमेरिकाले अगस्टमा मुख्य भूमि चीनका विद्यार्थीहरूका लागि ८६ हजार ६४७ भिसा जारी गरेको छ । यो भारतीयहरूलाई जारी गरिएको संख्याको दोब्बरभन्दा बढी हो ।
तथ्यांकले अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समग्र संख्यालाई प्रतिबिम्बित गर्दैन, किनभने उनीहरूमध्ये धेरै पहिले जारी गरिएको भिसामा छन् ।
ह्वाइट हाउसमा पुन: फर्किएपछि ट्रम्पले आप्रवासन नियन्त्रण र विश्वविद्यालयहरूमाथि दबाब दिने दुवै कामलाई उच्च प्राथमिकता दिएका छन् । विश्वविद्यालय आप्रवासनलाई उनको प्रशासनले वामपन्थीहरूको प्रमुख शक्ति आधारको रूपमा हेरेको टिप्पणी हुँदै आएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत जुनमा केही समयका लागि विद्यार्थी भिसाको प्रक्रिया स्थगित गरिएको घोषणा गरेका थिए ।
रुबियोले अमेरिकी विदेश नीति चासोको विरूद्ध जाने मानिसहरूलाई प्रवेश गर्न अस्वीकार गर्न सक्ने आधारमा प्राय: इजरायलको आलोचना गरेको कारण हजारौं विद्यार्थी भिसा रद्द गरेका थिए ।
राष्ट्रपति ट्रम्पले अधिकांश भारतीय प्रविधि कामदारहरूले प्रयोग गर्ने गरेका एच–१ बी भिसामा पनि नयाँ शुल्क लगाएका छन् ।
यद्यपि चिनियाँ विद्यार्थीहरूको भिसा ‘आक्रामक’ रूपमा रद्द गर्ने रुबियोको प्रतिवद्धताका बाबजुद ट्रम्पले दुई शक्तिहरूबीचको सम्बन्ध बढाउनका लागि चिनियाँ विद्यार्थीहरूको संख्या बढाउने आशा व्यक्त गरेका छन् ।
पछिल्लो तथ्याङ्कले धेरै मुस्लिम बहुल देशहरूबाट विद्यार्थी भिसामा पनि तीव्र गिरावट देखाएको छ । इरानबाट भर्ना हुने विद्यार्थीको संख्या ८६ प्रतिशतले घटेको छ ।
–एएफपीबाट
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु