पासाङ दिकी
रहरको गुराँस सिउरिएको छैन
पाटनमा उम्रिएको बुकी फूल
शितले लछ्रप्पै भिजेको छ
हिम पहिरोले कोतरेको
उजाड हिमाल हेरेर
पासाङ दिकी उदास बनेकी छ ।
उसको मायाको त्यान्द्रो
आङपासाङ
चौरी चराउँदै
सेलो गीत गाउँदो हो
मालिङ्गोको टुसा भाँची
भुनेमा हाल्दो हो
उसको मन ढुङ्गाको छैन
पासाङ दिकीको मायाले सताउँदा
विरहको मुरली बजाउँदो हो ।
पासाङ दिकी !
जीवन एक अनौठो दौड हो
दौडमा सामेल भए पछि
जितिन्छ या हारिन्छ
दौडको लेखा जोखा राख्नु पर्छ
जित्ने मनसायले दौडिइन्छन दौडहरु
बिच बाटोमै ठेस लागेर
हारिएका छन कयौ दौडहरु
आफैले पहिरिनु पर्ने माला
अर्कैले पहिरिए पछि
निशानी ढाल्न सकिदैन
दुःखेको मन बोकेर
जीवन यात्रा सहज हुँदैन
अप्ठेरोमा बाँच्न सिक
अक्करमा पनि फूल फूल्न सक्छ
हारेर भाग्न हुँदैन ।
पासाङ दिकी !
तिमी जून हौ
धरतीमा उज्यालो छर्ने
तिम्रो प्रेम चोखो छ
तिम्रो आस्थाको भगवान
तिमीलाई आशीर्वाद दिन्छिन
तिम्रो आङपासाङ
तिम्रो मायाले बाँधिएको छ
मायाको जालो चुँडाल्न सकिदैन
जरुर आङपासाङ
तिम्रो मायाले पग्लिएको छ ।
अनेकन सपना बोकेर
जीवन यात्रा दौडने गर्छ
पूरा हुँदैनन सबै सपना
तिमीले जीवनसंग संझौता गर्नै पर्छ
तिमी जितेर बाँच
म हारेर बाँच्छु
हार्नुको पीडा नमज्जा हुन्छ
म रोएर हाँस्छु ।
पासाङ दिकी !
आङपासाङ
तिम्रो हात थाप्न आउँदैछ
आप्पालाई भनिराख
तिम्रो मनको कुरा
तिम्रो प्रेमले युद्ध जितेको छ
खुशी साट
विजयोत्सव मनाउ
तिम्रो आङपासाङ
फूलको माला लिएर
तिम्रै समीप उभिएको छ ।
– प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
[email protected]
[सम्पादकीय नोटः यस कविता हामीलाई ईमेल मार्फत् प्राप्त भएको र सम्बन्धित व्यक्तिकै आग्रहमा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।]
सम्बन्धित खबर
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु