अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु

दुर्घटना

अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु

Untitled design – 1

Untitled design – 1

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको कार दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ।

डेलिमेलका अनुसार मेलबर्नबाट करिब २०० किलोमिटर पश्चिममा रहेको स्टोनले बाहिर युराम्बिन-स्ट्रिथम रोडमा मंगलबार बिहान ९:३० बजे भएको दुर्घटनामा ४१ वर्षीय कृष्ण भण्डारी, उनका पत्नी ३१ वर्षीया सपना र छोरा ३ वर्षीय रुबेनको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरू बितेसँगै ५ वर्षीया छोरी अर्थात् रुबेनकी दिदी एक्लै परेको बताइएको छ।

माउन्ट विलियम रोडको चौबाटोमा रहेका बेला उनीहरू सवार कार ट्रकसँग ठोकिएको बताइएको छ।

दुर्घटनाका बेला कारमा रहेकी उनीहरूका वृद्ध आमा भने घाइते भएको र अवस्था स्थिर रहेको जिलोङ नेपाली संघका अध्यक्ष निरज करणजितले बताएका छन्।

यस दुर्घटनाले नेपाली समुदाय गहिरो शोकमा परेको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘संघ गठन भएको १५ देखि १७ वर्षमा यो हाम्रा लागि यो सबैभन्दा खराब घटना हो।’

नेपाली वाणिज्य दूतावासले उनीहरूको मृत्युबारे नेपालमा रहेका आफन्तहरूलाई जानकारी गराएको छ।

भण्डारीको परिवार सन् २०१७ मा नेपालबाट अस्ट्रेलिया गएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ