जनकपुरधाम । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरी उखुबारीमा शव फेला परेको घटना नसेलाउँदै सोहि प्रकृतिको अर्को घटना भएको छ । धनुषामा दसैंको पूजा हेर्न गएकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिका २ परवाहा निवासी राम अशिष यादवकी १० वर्षीया छोरी मनिता यादवको बलात्कार पछि हत्या भएको हो।
शुक्रबार राति ९ बजे घरमा खाना खाएपछि घर नजिकै रहेको दुर्गा मन्दिरमा मेला हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन्।
घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ। एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन्।
मेला हेर्न पुगेकी बालिकालाई उनीहरूले खाजा खर्च भन्दै १० रुपैयाँ दिएर एकान्तमा लगेका थिए। अनुसन्धानमा खटिएका डीएसपी दीपेन्द्र शाहीले बालिकालाई एकान्त चौरमा लगेर बलात्कार गरेको र घटना लुकाउन बालिकाको हत्या गरेको जनाए। ‘बलात्कारबारे गाउँ–समाजमा बताइदिने भयले बालिकाको हत्या गरेको उनीहरूले बताएका छन्,’ शाहीले भने।
दुई युवकले बालिकालाई एकान्ततिर लगेको गाउँकै अर्की बालिकाले देखेकी थिइन्। तिनैको भनाइका आधारमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो। बलात्कारपछि उनीहरूले बालिकाको नाक–मुख थुनेर हत्या गरेको प्रहरीले जनाएको छ। डीएसपी शाहीका अनुसार हत्यापछि बालिकाको शव चौरनजिकै रहेको धानखेतमा पुरेर उनीहरू घर फर्किएका थिए।
बालिका अबेर साँझसम्म पनि मेलाबाट घर नफर्किएपछि परिवारले रातभर खोजतलास गरेको थियो। नभेटिएपछि बिहान मात्रै प्रहरीलाई खबर गरेका थिए। माछा मार्दै हिँडेका बालबालिकाले धानखेतमा शव देखेपछि हल्ला गरेका थिए। मृतकको घरबाट एक किलोमिटर पश्चिममा रहेको राम अशिष साहको धान खेतमा मृत अवस्थामा फेला परेको शाहीले जानकारी दिए।
शवको प्रकृति हेर्दा नांगो अवस्थामा रहेको र शरीर भइ हिलो माटो लागेको देखिएको थियो। आरोपी मुखिया भने घटना सार्वजनिक भएपछि भाग्ने तरखरमा जनकपुरको भ्रमरपुरा चौकबाट पक्राउ परेका हुन्।
आरोपी मुखियाले आफूले आफ्ना साथी नथुनि पण्डितसँग मिलेर बालिकाको बलात्कार गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। मुखियाकै बयानको आधारमा पण्डित पक्राउ परेका हुन्।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते