ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल

विद्रोह र हत्या योजना बनाएको खुलासा

Jair Bolsonaro Jailed-1200×560

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ।

उनी विद्रोहको षड्यन्त्र रच्नुका साथै आफ्ना वामपन्थी प्रतिद्वन्द्वी एवं वर्तमान राष्ट्रपति लुला दा सिल्भाको हत्या गर्ने योजना बनाएको आरोपमा दोषी ठहरिएका हुन्।

न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने, ‘मुद्दाको अन्तिम निर्णय भइसकेको छ, अब पुनरावेदन हुन सक्दैन।’ अब ७० वर्षीय बोल्सोनारोले राजधानी ब्रासिलियाको जेलमा सजाय भोग्न थाल्नेछन्। उनी शनिबारदेखि हिरासतमा छन्।

घरमै नजरबन्दमा रहँदा निगरानी यन्त्र हटाएपछि उनी पक्राउ परेका थिए। पछि उनले यन्त्र खोल्ने प्रयास गरेको स्वीकार गरे पनि भाग्ने मनसाय नरहेको बताएका थिए। न्यायाधीश मोरेसले बोल्सोनारोको स्वास्थ्यलाई ध्यानमा राख्दै उनलाई पूर्णकालीन चिकित्सा हेरचाहको व्यवस्था गर्न आदेश दिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds