मकै, गहुँ, धान, जौलगायतका अन्न मिसाएको दशैको घटस्थापनाको दिन घरघरमा जमरा राख्ने गरिन्छ । तर, स्वास्थ्यका दृष्टिले जौ र गहुँका जमरा सबैभन्दा फलदायी भएको पुष्टि भइसकेको छ । प्रकाश नपर्ने गरि उमारिएको हुनाले जमरा पहेंलो हुन्छ । जौका जमरा सर्वोत्तम हुन्छ । जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुदैन् ।
जमराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ । जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमारा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ ।
क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ ।
दाँतको समस्या हँुदा मुख सुन्निने समस्या, विभिन्न छालासम्बन्धी रोग हुनबाट जौका जमराले जोगाउँछ । जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ । जमरामा जुसमा पाउने पौष्टिक तत्व हुने तर, तीतो नुहुँने भएकोले प्रयोग जुसको रूपमा सकिन्छ । यसमा अर्गानिक र सोडियाम हुने भएकोले जलवियोजनको समस्या भएकाहरुलाई निकै फाइदा गर्छ ।
प्रत्येक एक ग्राम जौका जमरामा ७७५ मिलिग्राम अर्गानिक सोडियम हुन्छ । यसले रक्त प्रवाहमा हुने क्याल्सियामलाई रगतसँग घुलिएर वग्न मद्दत गर्छ । शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।
अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुनावेसी क्यारोटिन, ५ गुना बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।
गहुँका जमरा
जौका जमारामा जस्तो नभएपनि यसमा पनि भिटामिन, खनिज, एमिनोएसिड आदी पाइन्छ । यसले विभिन्न किसिमकको भिटामिन, प्रदान गर्छ । जमराले कलेजमा भएको विशाक्त पदार्थलाई हटाउँन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फुर्ति बढाउँन, पाचन शक्ति मजवुत् बनाउँन, रगत सफा राख्न मद्दत गर्छ ।
क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउँने हुनाले मधुमेहीलाई फाइदा गर्छ ।














सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते