यो डाइटमा खाएका खानेकुरालाई पचाउन पनि शरिरको क्यालोरी खर्च हुन्छ जसले तौल कम गर्दछ । यदि तपाईंको पाचन क्रिया ठिक छ भने यो डाइटले तपाईंको १ देखि १.५ किलो तौल एकैदिनमा कम गरिदिन्छ । यो डाइटलाई महिनामा दुईपटक मात्र अनुसरण गर्न सकिन्छ ।
याद रहोस्, सय ग्राम पनिरमा २ सय ६५ क्यालोरी हुन्छ र एउटा अण्डामा ७५ । यदि तपाईंलाई कुनै स्वास्थ्य समस्या छ भने यो डाइट प्लान फलो नगर्नुहोस् ।
ब्रेकफास्टः
ब्रेकफास्टमा तपाईंले दुई सय ग्राम पनिर खानुहोस् । काँचो पनिरलाई स्लाइस गरेर काट्नुहोस् र त्यसमा बिरे नुन, कागती र मरिच हालेर खानुहोस् । साथै तपाईंले ग्रिन टी पनि खानुपर्छ । यदि चाहनुहुन्छ भने कालो चिया पनि पिउन सक्नुहुन्छ ।
लञ्चः
लञ्चमा तपाईंले तीनवटा उमालेको अण्डा खानुपर्छ । यसलाई अचार वा नुनसँग खान सकिन्छ । योसँग पनि तपाईंले ग्रिन टी वा कालो चिया पिउनसक्नुहुन्छ ।
साँझको ब्रेकफास्टः
साँझको ब्रेकफास्टमा चिया र ब्रेकफास्टमा जति पनिर खानुभएको थियो त्यती नै खानुहोस् । तपाईंले पनिरको साटो टोफू पनि खानसक्नुहुन्छ । यसलाई पनि तपाईं अचार वा नुन मिसाएर खान सक्नुहुन्छ ।
डिनरः
डिनरमा पुनः तीनवटा उमालेको अण्डा खानुहोस् । यदि तपाईंलाई डाइट फलो गर्दा भोक लाग्यो भने तपाईं गोलभेडा र काँक्रोको सलाद पनि खान सक्नुहुन्छ ।
अर्काइभबाट
सम्बन्धित खबर
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग