नातागोता, इष्टमित्र सबैकहाँ पुग्नैपर्ने, पुगेपछि केही न केही खानैपर्ने अवस्था हुन्छ यसबेला । त्यसैले चाहेर पनि यसबेला हामी आफ्नो मुख बार्न सक्दैनौं । ‘जे आउँछ, मज्जाले पचाउँछ’ शैलीमा आँखा चिम्लेर खाइदिन्छौं ।

तपाईं/हामीलाई थाहै छ, तौल बढ्नु स्वास्थ्यका दृष्टिले त्यती फाइदाजनक मानिदैन । यसले अनेक रोगलाई जन्म दिन्छ । त्यसैले हामी सकेसम्म आफ्नो तौल नियन्त्रणमा राख्न चाहन्छौं । तर, कसरी ?
यसका निम्ति एउटा काइदाको उपाय छ ।
कसरी रहने फिट एन्ड फाइन
शरीरको तौल कम गर्न त्यति गाह्रो पनि छैन । यो त केवल आफ्नो इच्छाशक्तिमा भर पर्ने कुरा हो कि आˆनो शरीरलाई कति फिट राख्ने हो ? शरीरलाई फिट राख्न तथा शरीरको तौल कम गर्न सकारात्मक सोच राखेर हामीले आफैलाई प्रोत्साहित गर्नुपर्छ ।

– दशैंमा पाहुना लाग्दा होस् वा आफ्नै घरमा मिठोमसिना खाएको बेला, सुरुमै मानसिक तयारी गरौं कि, आज सही र सन्तुलित खानेकुरा मात्र सेवन गर्छु ।
– दशैंमा थरीथरी खानेकुरा बनाइन्छ । त्यसमा माछामासुदेखि हरियो सागपात, सलादसम्म हुन्छ । आफ्नो प्लेटमा राखिएको खानेकुरामध्ये सलाद, सागपातमा जोड दिनुपर्छ ।
– माछामासु वा अन्य परिकार खाँदै नखाने भने होइन, तर हरियो सलादले पेट भरेपछि अन्य खानेकुराले पेट ओगट्न पाउँदैन ।
– पेट चर्कनेगरी खाना खाइएको छ भने केही क्षण विश्राम गरेर पिंग खेल्ने वा अन्य शारीरिक गतिविधि गर्ने ।
– संभव भएसम्म सुत्ने र उठ्ने तालिकालाई नियमित गर्ने । ९-१० बजेभित्र सुत्ने र विहान ५ बजेअघि नै उठ्ने अभ्यास गर्ने । यसले पनि हामी अनियनित्रत खानेकुराबाट बच्न सक्छौं । रातभर बसेर खाना खाइरहँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।
– एकसाथ धेरैथरी परिकार सेवन नगरौं । बरु धेरै पटक खाने, तर थोरै थोरै ।
– मदिरा सेवन गर्नुअघि जुस, पानी पर्याप्त मात्रामा सेवन गरौं, यसले गर्दा शरीरमा मदिराको असर कम हुन्छ ।
– मदिरासँग माछामासु सेवन गर्नु राम्रो होइन । बरु सलाद वा फलफूलसँग सेवन गर्न सकिन्छ ।
– तारेको, भुटेको, धेरै मसलेदार खानेकुरामाथि नियन्त्रण गरौं ।
– एकै स्थानमा लामो समय बस्ने, तास खेल्ने, टिभी हेर्ने भन्दा पनि उठ्ने, हिँड्ने, यताउता गर्ने, खेल्ने काममा आफुलाई व्यस्त बनाऔं ।














सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते