पोखरा । गत निर्वाचनमा कास्की जिल्लाका तीन निर्वाचन क्षेत्र नै नेकपा एमालेले जितेको थियो । तर, यसपटक तीनै क्षेत्रमा घण्टी उम्मेदवार अगाडि देखिएका छन् ।
कास्की क्षेत्र नम्बर १ मा ५ हजार १५० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खड्गराज पौडेल‘गनेस’ले २ हजार ३०६ मत ल्याएका छन्।
१८८ मत बदर हुँदाको अवस्थामा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्री १ हजार ४५५ मतसहित दोस्रो र नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाट ९६७ सहित तेस्रो स्थानमा छन्।
नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङ ‘करन’ले १०८ मत प्राप्त गरेका छन्। सो क्षेत्रमा कुल १ लाख १६ हजार ८ सय ७८ मतदाता रहेकोमा ३८ हजार १६६ महिलासहित ७० हजार २३६ जनाले मतदानमा भाग लिएका थिए।
कास्की क्षेत्र नम्बर १ को गणना रुपा गाउँपालिकाबाट सुरु गरिएको हो। रुपा एमालेको आधार क्षेत्रको रुपमा चिनिन्थ्यो।
सो पालिकामा हाल अध्यक्ष र उपाध्यक्ष दुबै एमालेकै छन्। कास्की क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार उत्तम पौडेल अगाडि छन्।
हालसम्म गणना भएको ६ हजार १३८ मध्ये उत्तमले ३ हजार ७०,एमालेका रश्मि आचार्यले १ हजार ४१४ र कांग्रेसका माधव बास्तोला‘मधु’ले ९३२ मत प्राप्त गरेका छन्। २५१ मत बदर हुँदा नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा‘किरण’ले २७६ अनि राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङले ११७ मत ल्याएका छन्।
कास्की २ मा २८ हजार ७५५ महिलासहित ५२ हजार ९१९ मत खसेको छ। यहाँ ८४ हजार १३४ जना मतदाता थिए।
कास्की २ को मतगणनाको सुरुवात पनि वडा नम्बर ३३ बाट भएको हो। यसअघि पोखराको दक्षिणी भागमा पर्ने सो क्षेत्रलाई ‘कोर कोरिया’कै नामबाट चिनिन्थ्यो।
कास्की क्षेत्र नम्बर ३ मा पनि रास्वपा उम्मेदवार विना गुरुङले मतान्तर बढाउँदै लगेकी छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ हजार ७३६ मत सदर हुँदा एक्लो विनाको पोल्टामा २ हजार ७४ मत परेको छ।
नेपाली कांग्रेसका मनोज गुरुङले ८९३ र एमालेका दामोदर वैरागीले ५०६ मत मात्र पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले ११८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले ८६ मत प्राप्त गरेका छन्।
कास्की क्षेत्र नम्बर ३ मा हालसम्म गणना भएको ३ हजार ८८६ मध्ये १५० मत बदर भएका छन्।
कास्की क्षेत्र नम्बर ३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको थियो।
सम्बन्धित खबर
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
प्रधानमन्त्री बालेनको अपरिपक्व अभिव्यक्तिलाई परराष्ट्रमन्त्री खनालले संसदमा सच्याए
प्रधानमन्त्रीप्रति हर्कको कटाक्ष- सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन
बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ
गृहमन्त्रीमा फर्किनेमा सुधन गुरुङ ढुक्क, भन्छन् – दुई महिना फोटो खिच्न कोही नआउनुहोला
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु