काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिन बितिसक्दा सरकारले बल्ल अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित विद्यार्थीहरूका लागि सहयोग उपलब्ध गराउने सूचना जारी गरेको छ।
कक्षा १२ को परीक्षा सोमबारदेखि देशभर सुरू भइसकेको छ। यस्तोमा सुकुम्वासी बस्तीका विद्यार्थीलाई सहयोग गर्ने भन्दै सरकारले मंगलबार सूचना निकालेको हो।
कुनै तयारी र योजनाबिना सुकुम्बासी बस्ती हटाएर विद्यार्थी र बालबालिकाको विचल्ली पार्दा आलोचित भइरहेको सरकारले मंगलबार सूचना निकालेको हो।
गत शनिबारदेखि नै सुकुम्वासी बस्तीमा डोजर चलाइँदा कक्षा १२ को परीक्षा दिन तयार थुप्रै विद्यार्थीको विचल्ली भएको थियो। सरकारले बस्तीमा डोजर चलाएर ढालेको चार दिनपछि विद्यार्थीका लागि सहयोगको सूचना निकालेको हो।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२), सानोठिमी, भक्तपुरले मंगलबार एक सूचना जारी गर्दै बस्ती हटाइएका कारण विस्थापित भई परीक्षा दिइरहेका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने जनाएको हो।
सूचनामा अव्यवस्थित बस्ती खाली गराइएका स्थानबाट विस्थापित विद्यार्थीहरूलाई सहयोग, समन्वय तथा सहजीकरण गर्न विशेष फाराम तयार गरिएको उल्लेख छ।
सम्बन्धित खबर
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
बालेन सरकार सरकारजस्तो छैन: शंकर पोखरेल
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !