श्यामशितल परियार, लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले समाजवादी क्रान्तिका लागि औद्योगिक पूँजीको अनिवार्यता हुने बताए छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर संयन्त्र सुन्दरबजार लमजुङद्धारा शुक्रबार सुन्दरबजारमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा औद्योगिक पूँजीको विकास गर्नु जरुरी रहेको उल्लेख गरेका हुन् ।
सामन्तवाद, दलाल र पूँजीवाद विस्थापित गर्न सकेमा मात्रै औद्यागिक पूँजीको विकास हुने उनले बताएका छन । ‘औद्यागिक पूँजीको विकास गर्न सकिएमात्रै समाजवादी क्रान्तिको आधारभूमी तयार हुन्छ,’ उनले थपे ।
एकाधिकार दलाल र पूँजीवाद विस्थापित गर्न सरकार, सदन र सडकमा सबै प्रकृयाबाट आफुहरुले पहल गर्न जरुरी रहेको उनले बताएका छन । ‘कम्युुनिष्टबीचको बृहत्तर रुपमा एकतावद्ध हुँदै कम्युनिष्टको नेतृत्वमा मात्रै यो कार्यभार पुरा गर्न हुनसक्छ । अरु विकल्पै छैन,’ प्रतिनिधिसभाका सदस्य समेत रहनुभएको गुरुङले भने ।
नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद मायानाथ अधिकारीले नेकपाले मात्रै देशको विकास गर्न सक्ने, मुलुको गरिबी हटाउन सक्ने दावी गरेका छन् । कार्यक्रममा नेकपाका नेता, कार्यकर्ताका साथै शुभेच्छुकहरुको उलेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला