श्यामशितल परियार,लमजुङ । लमजुङका जनप्रतिनिधलाई समुदाय–प्रहरी साँझेदारी कार्यक्रमबारे जानकारी गराईएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा आयोजित एक कार्यक्रममा समुदाय–प्रहरी साँझेदारी कार्यक्रमबारे जानकारी गराईएको हो ।
राष्ट्रव्यापी समुदाय–प्रहरी साँझेदारी कार्यक्रमबारे जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष लगायतलाई पहिलोचरणमा यसबारे जानकारी गराईएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिप्रका लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकाल, जिप्रकाका ईन्स्पेक्टर वसन्त पाण्डे, ईलाका प्रहरी कार्यालय भोटेओडारका ईन्चार्ज ईन्स्पेक्टर रमेशप्रसाद श्रेष्ठले कार्यक्रमबारे जानकारी गराएका हुन् ।

स्थानीय सरकारका जनप्रतिनिधिले यस कार्यक्रममा सहमति जनाउँदै हस्ताक्षर समेत गरेका छन् । समाजमा अपराध हुन नदिनका साथै समुदायमा अपराध न्युनिकरणमा यस कार्यक्रमले टेवा पुग्ने उनीहरुको तर्क छ ।
अपराध न्युनिकरणका साथै समुदायमा सचेतना जगाउन प्रहरीको साथमा समुदायको पनि महत्वपूर्ण भूमिका हुने प्रजिअ झंकनाथ ढकालले बताउनुभएको छ । यस कार्यक्रम केन्द्रदेखी तल्लो तहसम्म पुग्ने समेत उनले जानकारी गराएका छन ।
समाजमा शान्ति–सुरक्षा, अमनचयन कायम राख्ने हेतुले नै सरकारले यस कार्यक्रम ल्याएको प्रनाउ यादव ढकालले बताए । यस कार्यक्रमले समाजमा विकृति–विसंगति, अपराध न्युनिकरणमा टेवा पुग्ने ईन्स्पेक्टर रमेशप्रसाद श्रेष्ठले बताए । जिससका प्रमुख लोकराज पाण्डेले यस कार्यक्रमलाई सफल पार्न सबैको साथ÷सहयोग महत्वपूर्ण हुने धारणा राखेका छन ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले समुदाय–प्रहरी साँझेदारी कार्यक्रमलाई सबै मिलि कार्यान्वयन गर्न सकिए सभ्य समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी