स्याङ्जाको वालिङमा सञ्चालन भएको सातदिने योग शिविरमा युवाको उल्लेख्य सहभागिता देखिएको छ । पछिल्लो समय स्वास्थ्य, मानसिक शान्ति र अनुशासित जीवनशैलीप्रति चासो बढेसँगै युवाहरू योगतर्फ आकर्षित हुन थालेका हुन् ।
पतञ्जली योग समिति तथा महिला पतञ्जली योग समिति नेपालको संयोजनमा वालिङ नगरपालिकाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय बृहत् निःशुल्क योग विज्ञान शिविरमा विभिन्न जिल्लाबाट सहभागीहरू आएका थिए । शिविरमा झण्डै पाँच सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
शिविरमा सहभागीमध्ये अधिकांश युवा रहेको महिला पतञ्जली योग समिति स्याङ्जाकी महिला प्रभारी कविता भुसालले जानकारी दिइन् । उनका अनुसार योगसँगै भजन, ध्यान र दैनिक अनुशासनसम्बन्धी अभ्यासले युवालाई आकर्षित गरेको हो ।
वालिङ नगरपालिका–८ का युवा योगराज बगालेले पहिलोपटक योग शिविरमा सहभागी हुँदा आफूले फरक अनुभव गरेको बताए । “शरीर मात्रै होइन, मन पनि शान्त भएको महसुस भयो,” उनले भने ।
शिविरमा महिला पतञ्जली योग समितिकी नेपाल अध्यक्ष साध्वी देवादितिले योगाभ्यास तथा प्रशिक्षण दिएकी थिइन् । सात दिनसम्म सञ्चालन भएको आवासीय सहयोग शिक्षक प्रशिक्षणमा सहभागीहरूले योगका आधारभूत अभ्याससँगै जीवनशैली व्यवस्थापनका विषयमा पनि प्रशिक्षण लिएका थिए ।
समापन कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी, पतञ्जली योगपीठका जिल्ला अध्यक्ष नारायणप्रसाद तिवारी, मैयादेवी लम्साल, ईन्द्रा अधिकारीलगायतले योगले मानव जीवनमा पार्ने सकारात्मक प्रभावबारे धारणा राखेका थिए ।
वैशाख २७ गतेदेखि सुरु भएको शिविर शनिबार सम्पन्न भएको हो ।
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
दसैँमा मासु कसरी खाने ?
समयमा नै सावधानी नअपनाए ६० हजारलाई डेंगु संक्रमण हुनसक्ने प्रक्षेपण
यो पनि पढौँ
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै