सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्।
वालेन्द्र शाहको नेतृत्वमा रास्वपाले सरकार बनाएपछि भारत भ्रमण गर्ने लामिछाने पहिलो नेता हुनेछन्। भारतको विदेश मन्त्रालयको निमन्त्रणमा उनी अर्को साता दिल्ली जाने तय भएको हो।
जुन १–२ (जेठ १८–१९) मा हुने भ्रमणको क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुन सक्ने आँकलन छ। तर स्रोतहरूका अनुसार अहिलेसम्म यो उच्च भेट निश्चित भइसकेको छैन।
भ्रमणको क्रममा लामिछानेसँग भारतीय विदशेमन्त्री एस जयशंकर र अन्य मन्त्रीहरू, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीहरूसँग भेट तय भएको रास्वपाका नेताहरूले बताएका छन्।
लामिछानेको यो भ्रमण पार्टीगत भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गर्ने तयारी छ। जहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नेछन्।
भारतले सत्तारुढ पार्टीका प्रमुख नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ। यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गरिसकेका छन्। देउवा र प्रचण्ड दुवै भाजपा मुख्यालय पनि पुगेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लागेका हुन्। निर्वाचनपछि दुई तिहाइ बुहमतसहित सरकार बनाएपछि रास्वपा सभापति लामिछानेको पहिलो भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। यसअघि संसदको चौथो पार्टी र दुई पटक गृहमन्त्री भएपनि उनी भारत भ्रमणमा गएका थिएनन्।
प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। यस्तै मे अन्तिमका लागि तय भएको परराष्ट्रमन्त्री शीशीर खनालको भारत भ्रमण पनि स्थगित भइसकेको छ।
भारत र चीनले लिपुलेक नाका हुँदै पुनः व्यापार थाल्ने घोषणा गरेपछि नेपालले दुवै देशलाई कुटनीतिक नोट पठाएर त्यसको विरोध जनाएको छ। बालेन सरकार बनेयता नेपाल भारत सम्बन्धमा कुनै नयाँ प्रगती हुन सकेको छैन।
सम्बन्धित खबर
तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्ः प्रदेश प्रमुख भट्ट
‘मलाई हटाउनुअघि जानकारी दिइएन, सरकारको बदनियत देखियो’: कार्की
१८२ सिटको दम्भ नदेखाऔँ, जनताले सबै नियाल्दैछन्: रवि लामिछाने
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !