राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको औपचारिक तयारी सुरु गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गतेको निर्णयानुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचनसम्बन्धी कामहरूको समयसीमा तय गरेको हो।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी गरिएको सूचनाअनुसार महाधिवेशन तयारीका लागि ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठनदेखि प्रतिनिधि छनोटसम्मका कार्यहरू आगामी असार ५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सार्वजनिक कार्यतालिकाअनुसार, ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्न कार्य आगामी जेठ १५ गतेभित्र सक्नुपर्नेछ।

यसका साथै, निर्वाचन कार्यालयले जेठ ७ गतेदेखि १० गतेभित्र सबै तहमा आधिकारिक परिपत्र तथा माइन्युटको प्रतिलिपि पठाइसक्नुपर्ने जिम्मेवारी पाएको छ।
पार्टीको तल्लो तहदेखिको प्रतिवेदन संकलनलाई पनि रास्वपाले प्राथमिकतामा राखेको छ। जेठ २० गतेभित्र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिसक्नुपर्ने र जेठ ३० गतेभित्र जिल्ला सभापतिहरूले जिल्ला अधिवेशन तथा निर्वाचनको अन्तिम प्रतिवेदन पेश गरिसक्नुपर्ने गरी समयसीमा निर्धारण गरिएको छ।
महाधिवेशनका लागि प्रतिनिधिको नामावली संकलनका लागि पनि आयोगले मिति तोकेको छ। जिल्ला र प्रदेश समितिले जेठ २५ गतेभित्र महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली केन्द्रमा पेश गरिसक्नुपर्नेछ।
त्यस्तै, प्रदेश अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरूको विवरण आगामी असार ५ गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
रास्वपाले आफ्नो महाधिवेशनमा आधुनिक प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिने भएको छ। कार्यतालिकाअनुसार जेठ ७ गतेदेखि असार ५ गतेसम्मको अवधिमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग र यससम्बन्धी प्राविधिक पक्षमा केन्द्रमा आवश्यक छलफल र तयारी गरिने उल्लेख छ।
आयोगले सबै प्रदेश समितिका सभापतिहरूलाई आ-आफ्नो प्रदेशअन्तर्गतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी कार्यतालिकाअनुसार कार्य सम्पादन गर्न निर्देशन दिएको छ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन