गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
१९ औँ गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै भट्टले जनताको संघर्षको माध्यमबाट जनताले विजय हाँसिल गरेको यो विशेष दिनमा जनआन्दोलन २०६२/६३ एवम् विभिन्न संघर्षहरुमा गौरवमय परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पनि गरे ।
‘व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी मुलुकका हरेक नागरिक एकै समान हुने प्रणालीको स्थापना नै गणतन्त्रको प्रमुख विशेषता हो ।’ प्रदेश प्रमुख भट्टले भने– ‘गणतन्त्र व्यवस्था परिवर्तनमात्र नभई राज्य सञ्चालनको पद्धति र नागरिकको जीवनस्तरमा सकारात्मक रुपान्तरण पनि हो । आज हामी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक मुलुकको सम्मानित र सार्वभौम नागरिक छौं । विना भेदभाव सबै नागरिकलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुन सक्नु गौरवको विषय हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने बताउँदै उनले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य संचालनका पक्षमा दृढतापूर्वक उभिन जरुरी रहेको उल्लेख गरे ।
जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकोमा जोड दिनुहुँदै उनले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न सबैमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।
गणतन्त्रलाई सुदृढ बनाउन शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्य प्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता रहेकोमा उनको जोड छ । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो शर्त रहेको उनको भनाई छ ।
‘उर्जावान युवाशक्तिलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण तयार गर्नु आजको प्रमुख आवश्यकता हो । यो दिनलाई उत्सवका रुपमा मात्र नमनाई आम नागरिकको जीवनसँग जोड्ने, विधिको शासन कायम गर्ने र देशलाई आर्थिक रुपमा सबल बनाउने प्रण आजको दिनमा हामी सबैले गर्नुपर्ने हुन्छ ।’ उनले भने – ‘हामी सबै मिलेर हाम्रो प्रदेश र देशलाई शान्त, समुन्नत र समावेशी बनाउने दिशामा अगाडि बढौं ।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
गण्डकी प्रदेशमा पनि मनाइयो ‘गणतन्त्र दिवस’
मानवअधिकार आयोगको प्रतिवेदनबारे बोल्यो कांग्रेस, सरकारसँग ६ माग
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस
ईयूआबद्ध मुलुकका राजदूतहरूसँग प्रधानमन्त्रीले भने: विश्व बजारबाट नेपाल लाभान्वित हुन चाहन्छ
प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिलाई बोलिदिन अनुरोध गर्दै पठाए पत्र
रास्वपाले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल
यो पनि पढौँ
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला
पोखरामा फिर्केखोलाको अतिक्रमित संरचना भत्काउन सुरू